देशलाई कुन दिशातर्फ लैजाने भन्ने भन्ने निर्णय गर्ने यो निर्वाचनमा सबैलाई मतदान गर्न आग्रह गर्दछुः उपमेयर डंगोल
काठमाडौँ, ४ मंसिर । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ । काठमाडौँ क्षेत्र नम्बर ९ को वडा २१ मा मतदान गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरेँ,’ मतदानपछि प्रतिक्रिया दिदैँ उहाँले भन्नुभयो, ‘अरुलाई पनि कुनै डर, त्रास, धाकधम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु ।’
उहाँले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘त्यसकारण पनि यो निर्वाचन महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘घरमा बसिरहनु भएको छ र मतदान गर्नुभएको छैन भने पनि मतदान गर्न आग्रह गर्दछु ।’