पाल्पा २- मा एमालेका ठाकुर गैरेकाे अग्रता

पाल्पा, ६ मंसिर । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदवार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गैरेले ३०९४ मत ल्याउँदा पाण्डेले २४२६ मत ल्याएका छन् ।

लामो समय एमालेमा एउटै खेमामा रहेका दुई नेताहरु अहिले प्रतिस्पर्धामा रहेको, गठबन्धन दलको मत संख्या धेरै भएपनि युवा पिँढीले गैरेलाई समर्थन गरेकाले यहाँको चुनावी नतिजा पेचिलो बनेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *