समाचार टिप्पणी

कांग्रेसी मतदाताको घण्टी मोह कि, विदेशी इशारामा कम्युनिष्ट विरोधी ‘मिशन’को सफलता ?

काठमाडौँ, ६ मंसिर । शेरबहादुर देउवालाई कम बोल्ने र भित्रभित्र आफ्नो मिशन पूरा गर्ने नेताका रुपमा चिनिन्छ । पार्टी भित्र पनि निकै कम बोल्ने तर आफ्नो लय नछोड्ने देउवा ०७४ सालको निर्वाचनका बेला पनि कांग्रेस सभापति नै हुनुहुन्थ्यो ।

उहाँको नेतृत्वमा कांग्रेस निर्वाचनमा गयो । बाम तालमेलका कारण त्यो निर्वाचनमा कांग्रेसलाई निकै ठूलो झड्का लाग्यो । पछि नेकपा एमालेसँग नै प्रचण्ड नेतृत्वको माओवादी बिलय भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । त्यसैबेला नेकपा झण्डै दुईतिहाई नेतृत्वको सरकार बनाउ सफल भयो । तर, दुर्भाग्यपूर्ण अवस्था के भयो भने अस्थिर चरित्रका प्रचण्डका कारण पार्टी विभाजनको अवस्थामा मात्रै पुगेन, माधवकुमार नेपाल समेत नयाँ पार्टी खोल्ने अवस्थामा पुग्नुभयो । र, बाम गठबन्धनको सरकार नै ढल्ले अवस्था सिर्जना भयो ।

पाँच वर्षका लागि प्रधानमन्त्रीको कुनै सपना नदेखेर बुढानिलकण्ठमा आराम गरिरहनु भएका देउवालाई प्रचण्ड र नेपालहरुले प्रधानमन्त्रीको हुटहुटी लगाएपछि सुतिरहनु भएका देउवा पनि प्रधानमन्त्री पदको उपहारका लागि दौडधुपमा लाग्नुभयो ।

पाँच वर्षका लागि प्रधानमन्त्रीको कुनै सपना नदेखेर बुढानिलकण्ठमा आराम गरिरहनु भएका देउवालाई प्रचण्ड र नेपालहरुले प्रधानमन्त्रीको हुटहुटी लगाएपछि सुतिरहनु भएका देउवा पनि प्रधानमन्त्री पदको उपहारका लागि दौडधुपमा लाग्नुभयो

त्यो हुुटुहुटीमा मुलुकको राजनीतिक अस्थिरता चाहने देशी–विदेशी तत्वहरुको पनि भूमिकालाई नकार्ने अवस्था देखिन्न । सबैको तानाबानापछि परमादेशबाट देउवालाई त्यो उपहार प्राप्त भयो । उपहार प्राप्त प्रधानमन्त्री पद पाएपछि देउवाले प्रचण्ड र नेपाल दुबैलाई साथमा लिएका देउवाले प्रधानमन्त्री रहेकै बेला देउवाकै नेृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । त्यो निर्वाचनमा कांग्रेसले उत्साहजन परिणाम प्राप्त गर्न सफल भयो भने एक्लै लडेको एमालेले पनि सम्मानजनक दोस्रो स्थान बनाउन सफल भयो । मंसिर ४ मा पनि देउवाकै नेतृत्वमा संघ र प्रदेशको निर्वाचन सम्पन्न भयो । अहिले मतपरिणाम सार्वजनिक हुने सिलसिला जारी छ ।

तर, ढेड वर्षसम्म देउवाले अस्थिर चरित्रका प्रचण्डलाई झेलेपछि थप पाँच वर्ष झेल्न नसक्ने मुडमा पुग्नुभएका देउवाले यो निर्वाचनमा मुख्य गरेर माओवादीलाई कमजोर बनाउने गुप्त रणनीति बनाएको बुझिएको छ । चुनावको रुझान हेर्दा यो सत्यलाई अस्वीकार गरिहाल्ने अवस्था देखिन्न ।

काठमाडौँ उपत्यकाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि त्यो संकेत देखिन्छ । काठमाडौँको क्षेत्र नम्बर २, ७ र ९ गरी माओवादीले तीन क्षेत्रमा गठबन्धनका तर्फबाट तालमेली उम्मेदवार पाएको थियो । त्यस्तै ललितपुरका तीन मध्ये माओवादीले एक क्षेत्रबाट उम्मेदवार पाएको थियो । यी चारवटै क्षेत्रमा अहिले रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको बलिया उपस्थिति देखिएको छ ।

काठमाडौँको क्षेत्र नम्बर ८ मा गठबन्धनका तर्फबाट नेकपा समाजवादीले टिकट पाएको थियो । यो क्षेत्र नेपाली कांग्रेसको पकेट क्षेत्र हो । अहिलेसम्मको अवस्था हेर्दा यी चार वटै क्षेत्रमा स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखिनुको प्रमुख कारण कांग्रेसले ती क्षेत्रमा गठबन्धनलाई छाडेर घण्टीतिर मत दिएको अनुमान गर्न सकिन्छ ।
ललितपुर—३ मा पनि गठबन्धनका तर्फबाट माओवादीले टिकट पाएको थियो । वर्तमान उर्जामन्त्रीको समेत जिम्मेवारीमा रहनुभएकी निवर्तमान सांसद पम्फा भुसाल त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ।

काठमाडौँको क्षेत्र नम्बर ८ मा गठबन्धनका तर्फबाट नेकपा समाजवादीले टिकट पाएको थियो । यो क्षेत्र नेपाली कांग्रेसको पकेट क्षेत्र हो । अहिलेसम्मको अवस्था हेर्दा यी चार वटै क्षेत्रमा स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखिनुको प्रमुख कारण कांग्रेसले ती क्षेत्रमा गठबन्धनलाई छाडेर घण्टीतिर मत दिएको अनुमान गर्न सकिन्छ

त्यसै गरी काठमाडौँ—२ बाट पूर्वसभामुख ओनसरी घर्ती मगरले टिकट पाउनुभएको थियो । यी दुबै क्षेत्रमा स्वतन्त्र पार्टी अघि रहेका छन् । यी दुबै क्षेत्रका कांग्रेस मतदाताको मत स्वतन्त्रमा गएको बुझ्न गाह्रो छैन । उपत्यका मात्रै होइन पाँच निर्वाचन क्षेत्र रहेको झापामा माओवादीको तर्फबाट क्षेत्र नम्बर २ मा माओवादीले टिकट पाएको थियो । त्यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई निकै राम्रो मत गएको छ । यद्यपि त्यो क्षेत्रबाट एमाले जित नजिक छ । यी केही क्षेत्रका उदाहरण मात्रै हुन् ।

अन्य क्षेत्रमा पनि कांग्रेसका मतदाताले माओवादी रुचाएको देखिएको छैन । कुनै समय मुलुकको प्रधानमन्त्री हुँदा माओवादीका प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतको टाउकोको मूल्य तोक्नुभएका देउवा संयोग नै मान्नुपर्छ अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ र माओवादी गठबन्धनमा छ । पछिल्लो मत परिणामलाई हेर्दा देउवाले रणनीतिक रुपमा स्वतन्त्र पार्टीलाई आफ्नो भ्रातृ पार्टीलाई जस्तै सहयोग गरेको आरोप समेत लाग्ने गरेको छ । त्यो तथ्यलाई मत परिणामको रुझान हेर्दा असत्य मान्ने अवस्था भने देखिएको छैन ।

अझ अर्को तथ्यलाई समेत केलाएर हेर्ने हो भने पनि यो तथ्य सत्य नजिक छ भन्ने आधार भेट्न सकिन्छ । पत्रकारिता कर्ममा जमिरहनु भएका लामिछाने सुरुमा आफू एक्लै चुनाव लड्ने मनस्थितिमा रहे पनि केही दिनमै उहाँले स्वतन्त्र पार्टी गठन गरी देशव्यापी रुपमा चुनावी माहोल खडा मात्रै गर्नुभएन, त्यो माहोल लामिछाने एक्लैको आँटमा अघि बढेको हो भन्ने आधार देखिन्न । त्यहाँ निकै ठूलो शक्तिको आड–भरोसाले काम गरेको छ । अझ केही जानकारहरुले त रविलाई अघि बढाउने सन्दर्भ एमसीसीसँग जोडिएको र त्यसमा देउवाको समेत रणनीति सहयोगी बनेको हुनसक्ने अनुमान गरेका छन् ।

गठबन्धनमै रहनुभएका प्रचण्ड, नेपाल र भट्टराईलाई समेत पत्तो नदिने गरी एमसीसी पक्षधरहरुको मिलेमतो रहेको समेत अनुमान गर्ने आधार भेट्न सकिन्छ । त्यसमा अमेरिका र युरोपियन युनियनको समेत चासो रहेको हुनसक्ने अनुमानलाई थप बल पुग्ने काम लामिछानेले अन्तिम समयमा काठमाडौँ ४ बाट स्वतन्त्र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाई गगन थापालाई सहयोग गर्नुले पनि गरेको देखिन्छ । थापा एमसीसीका पक्षमा खुलेर लागेका व्यक्ति हुनुहुन्छ ।

अमेरिका र युरोपियन युनियनको समेत चासो रहेको हुनसक्ने अनुमानलाई थप बल पुग्ने काम लामिछानेले अन्तिम समयमा काठमाडौँ ४ बाट स्वतन्त्र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाई गगन थापालाई सहयोग गर्नुले पनि गरेको देखिन्छ । थापा एमसीसीका पक्षमा खुलेर लागेका व्यक्ति हुनुहुन्छ

‘नो नट अगेन’ अभियान नै चलाएर युवा मतदातामा भ्रम छर्ने अभियानको रणनीति पनि त्यसै भित्रबाट भएको हुन सक्ने आधार देखिन्छ । नेपालमा जसरी पनि अस्थिरता चाहने विदेशी शक्तिको समेत रणनीतिमा चलाइएको ‘नो नट अगेन’ अभियान मुलतः कम्युनिष्टप्रति नै लक्षित भएको देखिन्छ । देउवा र विदेशी शक्तिको खेल प्रचण्ड र माधवकुमार नेपालले समेत भेउ नपाएको र विस्तारै चुनावी परिणामपछि प्रचण्ड–नेपाल झस्किनु भएको छ । अझ भन्ने हो भने सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दै त्यही शक्तिले युवाहरुमा समेत भ्रम फैलाउने काम गरेको हो भन्ने अनुमानलाई बल पुर्याउने आधार कांग्रेसका प्रकाशमान सिंहको विजय र देउवा, रामचन्द्र पौडेललगायतको अग्रताले देखिन्छ ।

अप्रत्यक्ष रुपमा एमसीसी पक्षधरको समेत यसमा हात रहेको अनुमान गर्न सकिने धेरै आधारहरु प्रसस्त गरिदिएको छ । गगन थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने वातारण समेत एमसीसी पक्षधरबाट भएको हो भन्ने चर्चाले पनि धेरै मेल खाने देखिन्छ । मुलुकभरीका धेरै निर्वाचन क्षेत्रमा चुनाव लडेको स्वतन्त्र पार्टीले गगनको क्षेत्रमा मात्रै गगनलाई समर्थन गर्नु पनि विदेशी शक्तिकै खेलका रुपमा लिन सकिन्छ ।

अझ तितो यथार्थ त के छ भने तल्लो तहका कांग्रेस कार्यकर्तालाई समेत घण्टीमा मत हाल्न हीप जारी गरेका केही उदाहरण भेटिएका छन् । त्यसको बलियो आधार काठमाडौँ क्षेत्र नम्बर ७, ८ र ९ हो । ७ र ९ मा माओवादीका उम्मेदवार हुनुहुन्छ भने ८ मा समाजवादीका । क्षेत्र नम्बर ७ र ९ मा कहिल्यै नाम नसुनिएका स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेका श्याम घिमिरे र कृष्णगोपाल श्रेष्ठको हाराहारीमा मत ल्याउनुले त्यसको पुष्टी गर्छ । स्मरणीय छ, रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको ‘फ्रिडम पार्टी’ कै अर्को नाम रहेको चर्चा त्यतिबेला चलेको थियो । अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घन्टी नै हो ।

स्मरणीय छ, रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको ‘फ्रिडम पार्टी’ कै अर्को नाम रहेको चर्चा त्यतिबेला चलेको थियो । अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घन्टी नै हो

चुनावको मतगणनामा देखिएको यो परिणामले नेपाली राजनीतिमा अब विदेशी शक्ति ‘माइक्रो मेनेजमेन्ट’ को तहसम्मै पुगिसके भन्ने स्पष्ट संकेत दिएको छ । यसले मुलुकमा विदेशी हस्तक्षेपको दायरालाई अझै फराकिलो पार्ने र राष्ट्रको सार्वभौमिकता र राष्ट्रियतालाई अझै कमजोर बनाउने निश्चित देखिएको छ ।