स्विट्जरल्याण्डसँग क्यामरुन पराजित
एजेन्सी, ८ मंसिर । कतारमा भइरहेको विश्वकप फुटबलमा स्विट्जरल्याण्डले क्यामरुनलाइ पराजित गर्दै विजयी शुरुवात गरेको छ।
कतारको अल-जनाब रंगशालामा आज भएको पहिलो खेलमा क्यामरुनमाथि १–० को जित निकाल्दै विश्वकपमा सुखद शुरुवात गरेको हो।
पहिलो हाफ बराबरीमा खेले पनि स्विट्जरल्यान्डले दोस्रो हाफमा गोल गर्दै अग्रता बनायो। खेलको ४८ औं मिनेटमा स्विट्जरल्यान्डका ब्रेल एम्बोलले गोल गर्दै अग्रता दिलाए।
जितसँगै स्विट्जरल्याण्डले ३ अंक जोडेको छ।
