चितवनकाे राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

चितवन, ११, मंसिर । चितवन स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ ।

भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगलागी भएकाे प्रहरीले जनाएको छ ।

आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्री जलेर क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको अनुसन्धान भैरहेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।