पहिरोले कोलम्बियामा तेत्तीस जना पुरिए

एजेन्सी, २० मंसिर । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जना जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर रहेकाे छ ।

यस सातामा राजमार्गमा पहिरो खस्दा यात्रुबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएर तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।

राजमार्गमा पहिराेले सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो ।