मेलम्ची खानेपानीको पाइप फुट्दा लैनचौर जलमग्न

काठमाडौं,२६ मंसिर । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएको छ।

लैनचौरको स्काउट भवन अगाडि मूल सडकमा बिच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक भत्कनुका साथै सडकमा भल बगेर जलमग्न भएकाे हाे ।

सडक जलमग्न भएपछि पैदल यात्रुसंगै सवारी आवागमनमा समेत बाधा भएकाे छ ।