आँखादान सम्बन्धी जनचेतना जगाउने आहा कति सुन्दर संसार
काठमाडौं। नेपालमा आँखा दानको विषयमा उल्लेखनीय कार्य गर्दैआएको नेपाल आँखा दान समाजको बार्षिक साधारण सभा संपन्न भएको छ। हिमालयन ह्वाइटहाउस कलेज, पुतलीसडकमा नेपाल आँखादान समाजको पाँचौं बार्षिक साधारण सभा संपन्न भएको हो।
सभाको उद्घाटन प्रमुख अतिथि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंले गरेका थिए। सोही कार्यक्रममा महानिर्देशक डा. सिंले आँखादान सम्बन्धी जनचेतना जगाउने आहा कति सुन्दर संसार बोलको गीत सार्वजनिक गरेका थिए । समाजका कार्यकारी सदस्य निर्मल बज्राचार्यको गीत–रचना रहेको उक्त गीतमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको गायन रहेको छ। गुजे मालाकारले लय तथा गीतको संयोजन संगीतकार हरिशरण सायमीले गरेका हुन्।
कार्यवाहक अध्यक्ष सीए हरि कुमार सिलवालको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा नेपाल आँखा बैंक, तिलगंगाका प्रबन्धक शंखनारायण त्वाय्नाले शुभकामना मन्तव्य दिएका थिए। शुभकामना मन्तव्यमा त्वायनाले नेपाल आँखादान समाजको गतिविधिले गर्दा आँखाको कर्नियामा आत्मनिर्भर मात्र हैन विदेशमा पनि दान दिन सक्ने क्षमताको विकास भएको ख्ुलासा गरेका थिए। पूर्व सभासद् नरोत्तम वैद्यले आँखादानको चेतना जगाउन निकै गाह्रो भएको प्रसंग उप्काएभने,पूर्व अध्यक्ष जगन्नाथ महर्जन तथा सल्लाहकार मोति शान्ति शाक्यले आँखादानको महत्वकाबारे प्रकाश पारेका थिए।
निवर्तमान अध्यक्ष साधुराम महर्जनको आकर्षक उद्घोषणमा संपन्न सभामा निर्मल बज्राचार्यले स्वागत मन्तव्यका दिएका थिए। मन्तव्यका क्रममा कोही व्यक्ति वित्दा गुथियार र आफन्तलाई फोन गरेर खबर गरेजस्तै ६ घण्टा भित्र ९८५१०२०९३३ मा फोन गरेर आँखादान गर्ने संस्कारको सुरुवात गर्न अनुरोध पनि गरे । उक्त सभामा कोषाध्यक्ष रत्ना महर्जनले संस्थाको आयव्यय विवरण पेश गर्नु गरेकी थिइन्।