फोटा फिचर

विश्वकप जितेको खुसियालीमा अर्जेन्टिनी राजधानीमा मानव सागर

काठमाडौं, ४ पुस । कतारमा हिजो समापन भएको विश्वकप फुटबल अर्जेन्टिनाले जितेको खुसियालीमा नेपालको काठमाडौंमा समेत मानिसहरू सडकमा आएर हर्ष मनाए । विश्वका अरु पनि विभिन्न देशमा यस्तो हर्ष मनाइएको छ । भनेपछि स्वयम् अर्जेन्टिनामा कस्तो हर्ष मच्चिरहेको होला ?

आफ्नो मुलुकले ३६ वर्षपछि विश्वकप जितेको खुसियालीमा अहिले अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका सडकहरू पूरै मानिसले भरिएको छ ।

न्युनस आयर्सको ओबेलिस्क चोकमा अहिले लाखौं अर्जेन्टिनीहरू बाहिर आएर खुसियाली मनाइरहेका छन् । यस्तो लाग्छ, अर्जेन्टिनी राजधानीमा अहिले मानिसको समुद्र बगिरहेको छ ।

अर्जेन्टिनी फुटबल टीमको जर्सी लगाएर बाहिर आएका यी मानिसहरूको महासागरले पूरा शहरलाई नीलो–सेतो पारिदिएको छ । विभिन्न ठाउँमा नागरिकहरू बाजा बजाई नाचिरहेका छन् । कतै गाडीको छतमा बसेर नगर घुमिरहेका छन् ।

अर्जेन्टिनामा चलिरहेको यो खुसियालीका केही तस्बिरहरू सिन्ह्वा र एएफपीबाट साभार गरी यहाँ प्रस्तुत छः