म्यान्मारमा ११० भन्दा बढी रोहिंग्या पक्राउ

एजेन्सी, ८ पुस । म्यान्मारमा ११० भन्दा बढी रोहिंग्या पक्राउ परेका छन् ।

म्यान्मारका अधिकारीहरूका अनुसार ‘आधिकारिक कागजातबिना’ यात्रा गरेका ११० भन्दा बढी रोहिंग्यालाई शुक्रबार पक्राउ गरेको जनाएका छन् ।

बङ्गलादेशबाट आएका आप्रवासीका रूपमा व्यापक रूपमा हेरिने मुस्लिम अल्पसङ्ख्यक समूहका सदस्यहरूलाई स्वास्थ्य सेवा र शिक्षाको पहुँचसहित नागरिकताबाट बञ्चित गरिएको छ, साथै, उनीहरूलाई अक्सर यात्रा गर्न अनुमति चाहिन्छ ।

ग्लोबल न्यू लाइटका अनुसार स्थानीय अदालतले समूहका ३५ जनालाई बिना कागजात यात्रा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ भने १८ वर्षमुनिका १३ जनालाई २० वर्ष नपुगुञ्जेल ‘ट्रेनिङ इन्स्टिच्युट’ मा राखिने छ ।

हरेक वर्ष हजारौं रोहिंग्याले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न जोखिमपूर्ण यात्रा गर्छन् ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीका कारण हत्या, बलात्कार र आगजनीका पीडादायी कथालिएर लाखौं रोहिंग्याहरू छिमेकी देश बङ्गलादेशमा भागेका थिए ।
म्यान्मारले संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ ।