दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

एजेन्सी, ११ पुस । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।

ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा ठाेक्किएपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन् ।

घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताउनुभएको छ । विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति पुगेकाे छ ।