प्रतितोला एक लाख एक हजार भन्दा नाघ्याे सुनको मूल्य
काठमाडाैं, १३ पुस । बुधबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक लाख एक हजार भन्दा नाघेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ ।
नेपाली सुनचाँदी बजारमा अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ सय छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।