तीन दिनका लागि खुल्यो तातोपानी नाका, मालवाहक सवारीलाई मात्र अनुमति

काठमाडौँ, १ कात्तिक । चीनसँगको व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

मन्त्रालयका अनुसार यस अवधिमा मालवाहक सवारीसाधनलाई मात्र नाकाबाट आवतजावत गर्न अनुमति दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।

नाका सञ्चालनमा आउँदा नेपाल–चीन व्यापारिक आवागमन सहज हुनुका साथै चाडपर्वका बेला वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *