आमाको अन्त्यष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी गान्धिपुरमा

काठमाडौं, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उहाँकी आमा हिराबेनको सय वर्षको उमेरमा शुक्रबार निधन भएको हो । आमाको आमाको अन्त्यष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी गान्धिपुरमा पुग्नु भएको छ ।

स्वास्थ्यमा विभिन्न समस्या आएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । सामाजिक सञ्जालबाट आज बिहान प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको पुष्टि गर्न भएको थियो ।

‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’ उहाँले सामाजीक सञ्जालमा लेख्नु भएको छ ।