ब्राजिलियन फुटबलर पेलेको आज अन्तिम संस्कार गरिँदै

एजेन्सी, १९ पुस । ब्राजिलियन फुटबलर पेलेको आज अन्तिम संस्कार गरिने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्।

साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो।

अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।

पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए।

२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ।

विश्वकै सबैभन्दा महान खेलाडी पेले सन् २०२१ देखि क्यान्सरको उपचार गराइरहेका थिए।

तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।