दुर्घटना अपडेट : ६२ शव निकालियो

कास्की,१ माघ । पोखरामा आज भएको यती जहाजको दुर्घटनामा परेका ६२ जनाको शव निकालीएको छ ।
दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे) सम्ममा ६२ वटा शव निकालिएको हो ।

नेपाली सेनाक प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको थियो ।
मृतकको संख्या थप बढ्न सक्ने आशंखा गरिएको छ ।