उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिइने

काठमाडौं, २ माघ । मन्त्रिपरिषद्लाई पूर्णता दिन उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा गृहकार्य भएको छ । छिट्टै आवश्यक निर्णय हुन्छ ।’