आज ‘श्रीकृष्ण जन्माष्टमी’ : पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड ( ७ तस्विरमा हेर्नुहाेस)
काठमाडौँ, १९ भदौ । वैदिक सनातन धर्मावलम्बीहरूले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्मजयन्तीको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको ठुलो भिड लागेको छ ।
विशेषगरी श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित मङ्गलबजारमा रहेको प्रसिद्ध ढुङ्गाकाे कृष्ण मन्दिरमा आज विशेष मेला लागेको छ । यहाँ दर्शनका लागि मध्यरातदेखि नै भक्तजनहरू लामबद्ध भएका छन् ।
राजधानीका विभिन्न स्थान र देशभरका साना-ठुला कृष्ण मन्दिरहरूमा आज धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् ।
