न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

एजेन्सी, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो ।

आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पार्नुभएको छ ।

बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताउनुभयो । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उहाँले भन्नुभयो । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उहाँले बताउनुभयो । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकार प्रमुख हुनुभएको थियो । उहाँले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताउनुभएको छ ।

पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उहाँ उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री हुनुभएकाे छ ।