जनसंगठनहरुको पुनर्ताजगीसँगै पुनरुत्थान अभियानमा एमाले
मोहन बास्तोला
काठमाडौं, १३ माघ । जहानियाँ राणाशासनको अन्त्य लगत्तै अर्थात् २००८ साल फागुन २४ गते स्थापना भएको अखिल नेपाल महिला संघ (अनेमसंघ) को २०५५ साल पौष ११–१३ विराटनगरमा सम्पन्न चौथो महाधिवेशनबाट विद्यादेवी भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०६२ साल मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा सम्पन्न अनेमसंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित हुनुभयो ।
२०६९ साल बैशाखमा पोखरामा अनेमसंघको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा १२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो । एमाले उपाध्यक्ष समेत रहनु भएकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुँदै दोस्रो कार्यकाल पनि सम्पन्न गरेर अब केही हप्तापछि विदा हुँदैहुनुहन्छ ।
तर, उहाँ निर्वाचित भएपछि अहिलेसम्म अनेमसंघको निर्वाचन हुन सकेको छैन । उहाँ राष्ट्रपति निर्वाचित भएपछि गोमा देवकोटा कार्यवाहक अध्यक्ष अध्यक्ष बन्नुभयो । त्यसपछि सीता पौडेल अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक बन्नुभयो । तर, सम्मेलन हुन सकेन । त्यसपछि फेरि थममाया थापा संयोजक बन्नुभयो । सम्मेलन भएको १० वर्षपछि अर्थात यहि चैत २५ देखि २७ सम्म अनेमसंघले आफ्नो सातौं महाधिवेशन काठमाडौंमा गर्ने मिति तय गरेको छ ।
०४७ साल जेष्ठ १ गते देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलवन्द गर्दै राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्यका साथ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वर्तमान अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) हाल राष्ट्रिय युवा संघ नेपालको नामबाट परिचित छ । युवा सघंको आठौँ राष्ट्रिय महाविधेशन २०६९ सालमा बुटवलमा सम्पन्न भएको थियो । त्यतिबेला महेश बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०७१ साल माघ २१ गते बस्नेतको राजिनामासँगै सहमतिकै आधारमा निरुदेवी पाल अध्यक्ष हुनुभयो ।
पाल सामानुपातिक सांसद हुँदै गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको थियो । तर, उहाँ पराजित हुनुभयो । त्यसपछि अध्यक्ष बन्नुभएका राजिव पहारी पनि संस्थापक प्रदेश सांसद हुनुभयो । दोस्रो पटक पनि प्रदेश सांसदका लागि उम्मेदवार बन्नुभएका पहारी पराजित हुनुभयो । पहारीपछि अध्यक्ष बन्नुभएका रमेश पौडेल अहिले एमाले केन्द्रीय सदस्य हुुनुहुन्छ । पौडेलपछि अध्यक्ष बन्नुभएका बचनबहादुर सिंह पनि प्रदेश सांसदमा पराजित हुनुभयो । अहिले किरण पौडेल युवा संघको अध्यक्ष हुनुहुन्छ । युवा संघको आठौँ राष्ट्रिय महाविधेशन २०६९ सालमा बुटवलमा सम्पन्न भएको थियो । त्यसपछि युवा संघले पाँच जना अध्यक्ष प्राप्त गर्यो तर नवौं महाधिवेशनको मिति घोषणा गर्न युवा संघले पनि १० वर्ष कुर्नुपर्यो । युवा संघले चैत्र २७ देखि २९ सम्म नवौं महाधिवेशन नेपालगञ्जमा गर्ने घोषणा गरेको छ ।
पहारीपछि अध्यक्ष बन्नुभएका रमेश पौडेल अहिले एमाले केन्द्रीय सदस्य हुुनुहुन्छ । पौडेलपछि अध्यक्ष बन्नुभएका बचनबहादुर सिंह पनि प्रदेश सांसदमा पराजित हुनुभयो
वि.सं. २०२२ साल जेठमा विष्णुमती नदी किनाराको सानो बस्तीमा काठमाडौंकै शान्ति निकुञ्ज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुजन खरेल (आत्माराम खरेल) को संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी विधिवत् रुपमा स्थापना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो स्थापनाको ५८ वर्ष पूरा गर्दैछ ।
यो संगठनको २०७२ सालमा काठमाडौंमा सम्पन्न २२ औँ महाधिवेशनबाट नविना लामा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । ०७४ को निर्वाचनपछि लामा संघीय सांसद बनेसँगै अखिलका महासचिव ऐन महर अध्यक्ष बन्नुभयो । महर गत मंसिर ४ को निर्वाचनमा बझाङबाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ थोरै मतले पराजित हुनुभयो । महरपछि अहिले अखिलको अध्यक्षमा सुनिता बराल हुनुहुन्छ । यो संगठनको पनि महाधिवेशन नभएको ८ वर्ष पूरा भएको छ । यो संगठनले पनि आफ्नो २३ औं महाधिवेशन फागुन २ देखि ४ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
वामदेव गौतम एमालेमा रहुन्जेल उहाँ किसान महासंघको अध्यक्ष बनिरहनुभयो । अहिले गौतम एमालेमा हुनुहुन्न । गौतमले कुनै समय नेतृत्व गरेको किसान महासंघको पनि निर्वाचन नभएको दशकौँ भयो । किसान महासंघको निर्वाचन २५ देखि २७ नवलपुरमा हुँदैछ ।
वामदेव गौतम एमालेमा रहुन्जेल उहाँ किसान महासंघको अध्यक्ष बनिरहनुभयो । अहिले गौतम एमालेमा हुनुहुन्न । गौतमले कुनै समय नेतृत्व गरेको किसान महासंघको पनि निर्वाचन नभएको दशकौँ भयो । किसान महासंघको निर्वाचन २५ देखि २७ नवलपुरमा हुँदैछ ।
अहिले नेकपा (एमाले)मा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय अपाङ्गता संगठन नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, नेपाल उत्पीडित, जातीय मुक्त्ति समाज, नेपाल उद्योग व्यवसाय महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल बुद्धिजीवी परिषद्, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन मात्रै होइन ।
पेशागत महासंघ, नेपाल, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, प्रेस चौतारी नेपाल, प्रगतिशील इन्जिनियर्स एसोसिएसन, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, राष्ट्रिय युवासंघ, नेपाल, नेपाल मुस्लिम इत्तेहाद संगठन, रिटर्नी फेडरेसन नेपाल र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गरी २३ वटा जनवर्गीय संगठन रहेका छन् ।
किसान महासंघ, अनेम संघ, युवा संघ र अनेरास्ववियु मात्रै होइन यी माथि उल्लेख सबै जनसंगठनको अधिवेशन, महाधिवेशन र सम्मलेन एक दशक वा एक दशकको आसपासदेखि भएका छैनन् । नेतृत्वको वरीपरी घुम्ने र नेतृत्वलाई खुशी बनाएका भरमा टिका लगाउने परम्पराका कारण यी सबै जनसंगठन चलायमान बन्न सकेका छैनन् । अझ अधिवेशन, महाधिवेशन र सम्मलेन नहुँदा नेताको घरदैलो चाहर्ने र पद प्राप्तिपछि संठनको काममा कतै पनि नदेखिने संस्कारका कारण जनसंगठनहरु थप अस्तव्यस्त र भुत्ते हुँदै गएका थिए ।
अझ तत्कालिन नेकपा माओवादी केन्द्रसँगको एकीकरणपछि तलदेखि माथिसम्म एउटै निर्णयले सबै कमिटीहरु विघटन गर्ने नीति लिएसँगै पार्टीका जनसंगठनहरुको सांगठनिक जीवन अस्तव्यस्त भयो । अधिवेशन, महाधिवेशन र सम्मलेन नहुने, जनसंगठनको नेतृत्व मैदानमा हत्तपत्त नभेटिने जस्ता कारणले जनसंगठन एकपछि अर्को गर्दै धरासायी बन्दै जान थाले । त्यसको प्रत्यक्ष असर तलतलसम्म पनि पर्न थाल्यो ।
अधिवेशन, महाधिवेशन र सम्मलेन नहुने, जनसंगठनको नेतृत्व मैदानमा हत्तपत्त नभेटिने जस्ता कारणले जनसंगठन एकपछि अर्को गर्दै धरासायी बन्दै जान थाले । त्यसको प्रत्यक्ष असर तलतलसम्म पनि पर्न थाल्यो
त्यति मात्रै होइन एउटै निर्णयले केन्द्रीय कमिटीदेखि क्याम्पस कमिटीसम्म विघटन भएका संगठनहरु पार्टी विवादका बेलामा एक–अर्काको पकड बलियो बनाई राख्नका लागि भद्दा कमिटीहरु बनाउने होडबाजी चल्यो । जसका कारण भद्दा कमिटीहरुको परिभाषित जिम्मेवारी नहुँदा ती जनसंगठन र कमिटीहरु परिणाम दिने गरी चलायमान हुन सकेनन् ।
एमालेको दसौं महाधिवेशनपछि चलायमान बन्दै जनसंगठन
तत्कालिन नेकपाले करीब साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा केही पहँुचवाला कार्यकर्ताहरु नेतृत्वको वरीपरी भए । त्यसरी वरीपरी भएका कार्यकर्ताको व्यक्तिगत प्रभाव बलियो भए पनि संगठनहरु भने लुला भए र टाक्सिने अवस्थातर्फ उन्मुख भए ।
विशाल संगठन भएको एमालेका कार्यकता एकपछि अर्को गर्दै निरासाको अवस्थामा पुगेका बेला अदालतले नेकपाको वैधानिकतामाथि प्रश्न उठाउँदै फैसला गरेपछि प्रचण्डले नेतृत्व गरेको एक समूह माओवादी भयो भने माधव कुमार नेपालले नेतृत्व गर्नुभएको समूह नेकपा एकीकृत समाजवादीमा परिणत भयो । तत्कालका लागि सरकारको नेतृत्व गुमाएको एमाले यसरी विभाजनको समेत मार खेपेपछि झन कमजोर हुने हो कि भन्ने आशंका धेरैले गरेका थिए ।
यद्यपि, विशाल कार्यकर्ताको पङ्क्ति भने विस्तारै चलायमान बन्दै गयो । २०७८ असोज १५–१७ मा ललितपुर सम्पन्न प्रथम विधान महाधिवेशनसँगै विस्तारै चलायमान बन्दै गएको एमालेले आफ्नो दशौं राष्ट्रिय महाधिवेशन, २०७८ मङ्सिर १०–१४ सम्म चितवनको नारायणी किनारमा अभूतपूर्व उपस्थितिमा सम्पन्न गर्यो । अभूतपूर्व आसा र भरोसाका नयाँ किरणसहित नारायणी किनारबाट केपी शर्मा ओलीको नेतृत्वमा एमालेको नयाँ नेतृत्व चयन भयो ।
अझ दसौँ महाधिवेशन सम्पन्न गरिसकेपछि एमालेले सबै जनसंगठन र कमिटीलाई व्यवस्थित गर्न गोदावरीमा सम्पन विद्यान महाधिवेशनले पारित गरेको जनसंगठन समन्वय संयन्त्रलाई शक्तिशाली बनाउने निर्माण गर्यो । उक्त संयन्त्र निर्माणले पनि एमालेको संगठनलाई एउटा ढाँचा भित्र चलाउनुपर्छ भनेर जनसंगठन समन्वय निर्देशिका जारी गर्यौ ।
अझ दसौँ महाधिवेशन सम्पन्न गरिसकेपछि एमालेले सबै जनसंगठन र कमिटीलाई व्यवस्थित गर्न गोदावरीमा सम्पन विद्यान महाधिवेशनले पारित गरेको जनसंगठन समन्वय संयन्त्रलाई शक्तिशाली बनाउने निर्माण गर्यो । उक्त संयन्त्र निर्माणले पनि एमालेको संगठनलाई एउटा ढाँचा भित्र चलाउनुपर्छ भनेर जनसंगठन समन्वय निर्देशिका जारी गर्यौ
संयन्त्रले जनसंगठनहरुको कमिटी भद्दा हुनबाट जोगाउनुपर्छ भनेर केन्द्रीय कमिटीको संख्या, पदाधिकारीको संख्या सबै कुराको निर्धारण गर्यो ।
दसौं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्रको संयोजक बन्नुभएका एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल अहिले एमालेका जनसंगठनका ढाँटाहरु विस्तारै लयमा आउन थालेको बताउनुहुन्छ । उहाँले जनसंगठनलाई व्यवस्थित ढंगले अघि बढाउन तोकिएको समयभित्रै महाधिवेशन गर्ने गरी सवै जनसंगठनले मिति तोकेको जानकारी दिनुभयो ।
‘एमालेका २३ मध्ये ९ वटा जनसंगठनको महाधिवेशन हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन अघिसम्म १४ वटा जनसंगठनको अधिवेशन सम्पन्न गरियो । अब ९ वटा जनसंगठनको पनि चैत मसान्तभित्र सम्पन्न गर्नेगरी मिति र स्थान तय भैसकेको छ ।’
‘एमालेका २३ मध्ये ९ वटा जनसंगठनको महाधिवेशन हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन अघिसम्म १४ वटा जनसंगठनको अधिवेशन सम्पन्न गरियो । अब ९ वटा जनसंगठनको पनि चैत मसान्तभित्र सम्पन्न गर्नेगरी मिति र स्थान तय भैसकेको छ ।’
केही दिन अघि मात्रै एमालेले जनसंगठन समन्वय निर्देशिकालाई आधार मान्दै जनसंगठन र कमिटीहरुलाई रुपान्तरण गर्न र नयाँ ढाँचामा अघि बढाउन के–के गर्न सकिन्छ भनेर दुई दिने कार्यशाला समेत सञ्चालन गरेको जानकारी दिदैँ ढकालले अब पार्टी चलायमान ढंगले अघि बढ्ने जानकारी दिनुभयो ।
जनसंगठन समन्वय संयन्त्रकी उपप्रमुख रचना खड्का पहिला भन्दा अहिले परिस्थिति फेरिएको भन्दै अब जनसंगठनहरुलाई नयाँ ढाँचाका साथ अघि बढाउनुको विकल्प नहुने बताउनुहुन्छ । अहिले जनसंगठन समन्वय संयन्त्र पनि कसरी जनसंगठनहरुलाई थप व्यवस्थित बनाउन सकिन्छ भनेर लागिरहेको बताउनुहुन्छ । ‘अहिलेको अवस्था हिजोको समान छैन, हिजोको मान्यता अहिले छैनन् । सबै हिसावले परिवर्तन भैरहेको अवस्थामा जनसंगठनहरु कसरी सञ्चालन गर्ने, आजको सन्दर्भको चुनौतिहरु के–के हुन ? भनेर २३ वटै जनसंगठनलाई सहभागी गराएर कार्यशाला गर्यौ,’ उहाँले भन्नुभयो, ‘त्यो कार्यशालाले निकालेका १५ वटा निश्कर्षहरु छन् । ती सबैलाई कार्यान्वयन गरेर अघि बढ्छौँ ।’
१०–१२ वर्षदेखि जनसंगठनका अधिवेशन, सम्मेलन र महाधिवेशन नहुँदा नयाँ मान्छे उत्पादन गर्ने, नयाँ मान्छेहरुको बिचमा पुग्ने कुरा कमजोर बन्दै गएको उहाँको भनाई छ । ‘त्यहि अवस्थालाई ख्याल गर्दै महिला, युवा, विद्यार्थी संगठनका अधिवेशन समयमा गर्ने नीति लिएर अघि बढ्यौँ अहिले हामी ती जनसंगठनलाई व्यवस्थित ढंगले चलायमान बनाउने योजना बनाएर अघि बढेका छौँ,’ खड्काले भन्नुभयो, ‘त्यसमा संगठन सुहाँउदो उमेर, पदावधी, आचरण सबैलाई पुर्नजागृत गरेर लैजाने भन्ने योजनासहित अघि बढेका छौँ । त्यसका लागि एउटै मानिसले धेरैतिरको जिम्मेवारी लिने तर जिम्मेवारी कुनै पनि पूरा नगर्ने रोगबाट मुक्त गराउने योजना पनि हामीले अघि बढाएका छौँ ।’
त्यसमा संगठन सुहाँउदो उमेर, पदावधी, आचरण सबैलाई पुर्नजागृत गरेर लैजाने भन्ने योजनासहित अघि बढेका छौँ । त्यसका लागि एउटै मानिसले धेरैतिरको जिम्मेवारी लिने तर जिम्मेवारी कुनै पनि पूरा नगर्ने रोगबाट मुक्त गराउने योजना पनि हामीले अघि बढाएका छौँ
केन्द्रीय कमिटी मात्रै चलाएमान भयो र प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय कमिटी चलाएमान भएनन् भने जनसंगठनहरु चलेको मान्न सकिन्न भन्ने निश्कर्ष पनि धुलिखेलको दुई दिने कार्यशालाले निकालेको छ । ‘पार्टी सदस्य छ तर भोट हाल्दैन । यसको कारण भनेको संगठन भित्र राजनीतिक, बैचारिक, सैद्धान्तिक कामहरु कमजोर भए । त्यसकारण त्यसलाई महत्वपूर्ण कामका रुपमा अघि बढाउने काम तलदेखिमाथिसम्म गर्छौ,’ उहाँले भन्नुभयो, ‘नेतृत्वसँग निकट भयो भने जनसंगठनमा नेता भइन्छ भन्ने मान्यताबाट अब जनसंगठनहरु मुक्त हुनुहोस् भनेर हामीले भनेका छौँ ।’
जनताको बहुदलीय जनवादले भनेको प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्नुपर्छ, कार्यकर्ताबाट निर्वाचित हुनुपर्छ भन्ने मान्यतालाई पनि अब एमालेले गम्भीर रुपले पालना गर्ने भएको छ । कार्यकर्ताबाट निर्वाचित भएको जनसंगठनको नेतृत्व मात्रै आफ्नो समूदायप्रति बढी जिम्मेवार हुन्छ भन्ने निश्कर्ष धुलिखेल कार्यशालले निकालेको छ । एक वर्षमा गरेको कामको समीक्षा गर्दै जनसंगठन समन्वय संयन्त्रले थप निर्णय गर्ने तयारी समेत गरेको छ । यसले गर्दा संगठन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । दसौं महाधिवेशनसँगै विभागहरु प्नि चलाएमान हुन थालेका छन् ।
ढकालका अनुसार खेलकुद महासंघको फागुनको ७ देखि ९ सम्म विराटनगर, रिर्टर्नी फेडरेशनको चैतको ११–१२ काठमाडौं, जनजाति महासंघको चैत १८–१९ काठमाडौं, नेपाल पिछडावर्ग महासंघ चैत २२ र २३ विरगञ्ज, पेशागत महासंघको चैत २४ र २५ काठमाडौं, अनेमसंघको २५ देखि २७ काठमाडौं, किसान महासंघको २५ देखि २७ नवलपुर र राष्ट्रिय युवा संघले चैत्र २७ देखि २९ गतेसम्म नेपालगञ्जमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
भुत्ते भएका जनसंगठन सुदृढीकरणका लागि महासचिवको निर्देशन
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले जनसंगठनको सुदृढीकरणका लागि धुलिखेलमा राखेको दुई दिने कार्यशालाले ११ बुँदे घोषणापत्र जारी पनि गरेको थियो । त्यो कार्यशालको निश्कर्ष पनि जनसंठनहरु भुत्ते हुँदै गएको भन्ने नै थियो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेलसम्मले सम्वोधन गर्नुभएको थियो ।
कार्यशालामा उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा संगठन विभागका सदस्य काशीनाथ अधिकारीलगायतका नेताहरुले पनि सम्वोधन गर्नुभएको थियो । दुई दिने कार्यशालाबाट पारित घोषणापत्रमा जनसंगठनहरु आम जनसमुदायतमा पुग्ने भरपर्दा वर्गीय, सामुदायिक र पेशागत संगठनहरु भएकाले यिनीहरु सक्रिय बनाउनु पर्नेमा जोड दिइएको थियो ।
दुई दिने कार्यशालाबाट पारित घोषणापत्रमा जनसंगठनहरु आम जनसमुदायतमा पुग्ने भरपर्दा वर्गीय, सामुदायिक र पेशागत संगठनहरु भएकाले यिनीहरु सक्रिय बनाउनु पर्नेमा जोड दिइएको थियो
त्यहि कार्यशालामा पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गर्दै बढीभन्दा बढी संगठन विस्तार गर्ने कुरामा जोड दिइएको थियो । सो भेलालाई सम्वोधन गर्दै घोषणापत्रको आसय अनुसार नै महासचिव पोखरेलले पनि पार्टीका जनसंगठनहरू भुत्ते हुँदै गएको वताउनु भएको थियो । सो भेलालाई सम्वोधन गर्दै उहाँले पार्टीका सबै जनसंगठनहरूलाई धारिलो बनाउनुपर्नेमा जोड पनि दिनुभएको थियो ।
पाँच वर्षमा जनसरोकारका विषयमा एउटा आन्दोलन पनि नगर्ने जनसंगठनहरुले निर्वाचनका बेला प्रभावकारी भूमिका खेल्न नसकेको प्रति पनि उहाँले ध्यानाकर्षण गराउनु भएको थियो । आठलाख बढी पार्टी सदस्य भएको पार्टीमा जनसंगठनहरूका आधारमा ५० लाख जनमत हुनुपर्नेमा त्यो अनुसार जनमत गत मंसिर ४ को निर्वाचनमा प्राप्त गर्न नसक्नु पनि जनसंगठन प्रभावकारी रुपमा परिचालन हुन नसक्नुको एउटा कारण हो ।
एक संगठित सदस्य बराबर सातजना नागरिक एमालेका पक्षमा ल्याउने गरी कार्य गर्न पोखरेलले त्यहाँ निर्देशन दिनुभएको थियो । संगठित सदस्य भएर पार्टीलाई मत नराख्नेहरूको सदस्यता खारेज गर्न जनसंगठन र पार्टीका कमिटीहरूलाई पोखरेलले निर्देशन समेत दिनुभएको थियो ।
महासचिव पोखरेलको आसय र निर्देशनलाई आधार मान्ने हो भने नि अब भुत्ते भएका जनसंगठनको सम्मेलन, अधिवेशन र महाधिवेशन सम्पन्नसँगै जनसंगठन थप व्यवस्थित बन्ने र पार्टी थप चलाएमान बन्ने अपेक्षा गरिएको छ । जसले गर्दा एमालेमा आशाको थप नयाँ सञ्चार देखिने अनुमान समेत गर्न सकिन्छ ।