काराेबार रकमसंगै नेप्सेमा चौथो कारोबार पनि ओरालो लाग्यो
काठमाडाैं, १७ माघ । नेप्सेमा चौथो कारोबार पनि ओरालो लागेको छ । गत साताको बिहीबारदेखि घटेको नेप्से निरन्तर ओरालोसंगै काराेबार रकम पनि घटेकाे छ ।
यस दिन नेप्से परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३६ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन २५९ पटकको कारोबारमा ५३ हजार ८७८ पटकको कारोबारमा २ अर्ब ८२ लाख ४५ हजार रुपैयाँ बराबरको ७५ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडेको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १४४ रुपैयाँ ९० पैसा बढेर १ हजार ५९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.२१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।