प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस (भिडियो रिपोर्ट)

काठमाडौं, २३ माघ । प्रगतिशील पत्रकारहरुको संस्था स्थापना गर्ने हेतूले २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले आफ्नो २५ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष चौतारीले आफ्नो स्थापना दिवस भब्य रुपमा मनाएको हो । ७ प्रदेशका ७७ वटै जिल्ला समितिहरुले आ–आफ्नै ढंगले स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएका छन् भने केन्द्रीय कमिटी, प्रतिष्ठान, उपत्यका र एशोसियट प्रदेशले पनि विविध कार्यक्रमसहित स्थापना दिवस मनाएका छन् ।

चौतारी नेपालले ७७ वटै जिल्लामा चौतारी मिलन तथा रक्तदान कार्यक्रम, सिर्जनशील पत्रकारिता पुरस्कार वितरण, वृद्धवृद्धालाई फलफुल लगायत पोषण सामग्री बितरण, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ स्टेशनरी सामान बितरण, अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफुल, सञ्चार सम्बद्ध सङ्गठनहरुबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता, पत्रकार महिला र शिक्षिकाबीच मैत्रीपूर्ण फुटसल, वनभोज तथा पुरस्कार वितरण समारोह जस्ता कार्यक्रम गरेर लुम्बिनी प्रदेशले गरेको छ । त्यसैगरी जिल्ला अस्पतालमा भर्ना भै उपचाररत विरामीहरूलाई फलफुल वितरण गर्ने, जिल्ला कारागारका कैदीवन्दीहरुलाई पुस्तक बितरण गर्ने, वृद्ध आश्रममा फलफूल वितरण गर्ने, बाल बालिका लाई स्टेशनरी सामाग्री बितरण जस्ता कार्यक्रम गरेको छ ।

यो दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल केन्द्रले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा. बालकृष्ण चापागाईँ, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार, कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, लक्ष्मी साह, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार, लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्टलाई दिएको छ ।

२०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल स्थापना हुनुअघि प्रगतिशील पत्रकार समूह अस्तित्वमा थियो । तत्कालीन नेकपा (एमाले) का प्रचार बिभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री प्रदीप नेपालको योजना र अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको स्थापना भएको हो ।

बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने असल उद्देश्यका साथ स्थापना भएको प्रेस चौतारी नेपालले अहिले ७७ वटै जिल्लासम्म संगठन विस्तार गरेको छ ।

प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस चौतारी नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै जुझारु संगठन चौतारीलाई बधाई दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *