कम्युनिस्ट झण्डा ओढेर चितामा धुवाँ बनेर विलीन भए घनेन्द्र बस्नेत (भिडियो)

काठमाडौं, १५ असोज । असोजको दोस्रो हप्ताको अविरल वर्षापछि आएको वागमतीको बाढी त घटेको थियो । तर, बाढी घटे पनि बागमतीको धमिलो पानी बिहीबार पनि आफ्नै गतिमा वगिरहेको थियो । त्यहि बागमतीको किनारको ब्रम्हनालमा एकपछि अर्को गर्दै लासहरु ल्याउने सिलसिला जारी थियो । ती लासहरुसँगै ब्रम्हनाल नजिकैको चीतामा एउटा लास पनि धुँवा बनेर उडिरहेको थियो । तर, त्यो लास धुँवा बनेर उड्दै गर्दा एउटा अविचलित कम्युनिष्ट योद्धा पनि कहिल्यै नफर्किने गरी अनन्त यात्रामा धुँवासँगसँगै बिलिनबिलनबिलिन हुँदै थिए ।
नेपालको वामपन्थी तथा कम्युनिस्ट आन्दोलनमा घनेन्द्र बस्नेत एक निष्ठावान् र त्यागको प्रतिमूर्ति नेताका रूपमा चिनिनुहुन्छ । हो, घनेन्द्र बस्नेत आज बागमती किनारको त्यहि चीतामा लास बनेर धुँवासँगै बिलिनबिलनबिलिन हुँदै गर्दा उहाँको महाप्रस्थानको मलामी बनेर आर्यघाटमा उहाँका सहयोद्धाहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत पुग्नु भएको थियो भने बामदेव गौतम पनि ढिला गरेर भए पनि आर्यघाट उहाँको मलामी बन्न पुग्नु भएको थियो ।

स्रोहश्राद्धको समय भएर पनि होला वागमती नदीका वरिपरि आफ्ना पूर्वजहरुको पितृतर्पण दिनेहरुको भीड थियो । अलिक तलका चीताहरुमा कतै लास जलिरहेका थिए । कतै लास जलाउने तयारी भैरहेको थियो भने ब्रम्हनाल नजिकैको चीताको नजिकै घनेन्द्र अर्थात अथक कम्युनिष्ट योद्धा घनेन्द्रको लास मुँढो जस्तो लडिरहेको थियो ।

२००९ साल असोज २५ गते भोजपुर जिल्लाको कुलुङ, कामलेटारमा जन्मनुभएका बस्नेतले करिब १७ वर्ष लामो कठिन जेल जीवन मात्रै विताउनु भएको थिएन । चर्चित ‘नखू जेल विद्रोह’का एक प्रमुख पात्रका रुपमा समेत उहाँले कहिल्यै नमेटिने इतिहास लेख्नुभएको थियो । उहाँको त्यहि इतिहासको सम्मान गर्नका लागि पनि होला आर्यघाटमा उहाँको मलामी बनेर उहाँका सहयोद्धा मात्रै होइन दोस्रो पुस्ताका नेताहरु एमाले महासचिव शंकर पोखरेल, घनश्याम भुसाल, नारायाणजी श्रेष्ठहरु पनि पुग्नुभएको थियो । तेस्रो पुस्ता र नवयुवा पनि उहाँको मलामी बनेर आर्यघाट पुगेका थिए ।

पञ्चायतको कठोर यातना भोग्नु भएका बस्नेत बहुदलीय व्यवस्था प्राप्तिपछि २०४८ र २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा सांसद निर्वाचित हुनुभएको थियो भने उहाँले लामो समय नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्यका साथै कोशी, मेची र जनकपुर जस्ता अञ्चलहरूको इन्चार्जका रूपमा महत्वपूर्ण साङ्गठनिक भूमिका निर्वाह गर्नुभएको थियो ।

पछिल्लो समय भक्तपुरमा भाञ्जा सञ्जिव रोकासँगै बस्दै आउनु भएका उहाँ क्यान्सर रोगसँग लडिरहनु भएको थियो । त्योसँगै ‘ब्रेन स्ट्रोक’ पनि थपिएपछि उहाँले भक्तपुरको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेर्नुभएको थियो । सिपी मैनालीले रातो टीका लगाएर झापाको बुधबारेमा २०२९ सालमा झापा आन्दोलनमा सहभागी गराएपछि निरन्तर कोआर्डिनेसन केन्द्र हुँदै कम्युनिष्ट आन्दोलनमा होमिनु भएका बस्नेतको पार्थिव शरीरमा माल्यार्पण गर्दै गर्दा सायद ५३–५४ वर्ष अघिका तिनै पहलहरुको सम्झनामा हराएर होला सीपी मैनाली केही भावुक बन्नुभएको थियो ।

आफुले रातो टिका लगाएर परिवर्तनको आन्दोलनमा अघि बढाउनु भएका मात्रै होइन नख्खुजेल ब्रेकमा सहयोद्धा उनै बस्नेतको मलामी बन्दै गर्दा मैनालीले नख्नुजेल ब्रेकमा बस्नेतको भूमिकालाई सम्झिनुभयो ।

त्यसो त घनेन्द्रको मलामी बनेर आर्याघाट पुग्नुभएका झापा आन्दोलन र नख्खु जेल ब्रेकका एक योद्धा राधाकृष्ण मैनाली पनि निकै भाबुक बन्नु भएको थियो । उहाँ घरि मलामी बनेर आएका आफ्ना सहयोद्धाहरुसँग आर्यघाटमा भेट हुँदा गफिनु हुन्थ्यो भने घरि बस्नेतकी पत्नी र परिवारलाई सान्तत्वना दिन तलमाथि गर्नुहुन्थ्यो । उहाँले पनि आफ्ना सहयोद्धा बस्नेतलाई सम्झनुभयो । सीपी र राधाकृष्ण मात्रै होइन आर्यघाटामै मलामी बनेर पुग्नुभएका पुर्वप्रधानमन्त्री समेत रहनु भएका माधवकुमार नेपालले पनि बस्नेतलाई सम्झिनुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि बस्नेतलाई सम्झिनुभयो ।

आफ्ना सहयोद्धाको मृत्युपछि अन्तिम अनुहार हेर्न भनेर हँस्याङफस्याँङ गर्दै बामदेव गौतम आर्यघाट पुग्दा बस्नेतको देह धुँबा बनेर उडिरहेको थियो । लास जलिरहेको चीतामा पुग्नु अघि गौतमले बस्नेतलाई सम्झिनुभयो ।

पञ्चायती प्रशासनको कठोर यातना र चिसो छिँडिको बसाइका कारण करीब ५० वर्ष अघिदेखि दमको औषधी नियमित सेवन गरिरहनु बस्नेत पछिल्लो सयम फोक्सोको क्यान्सरबाट पीडित बन्नुभएको थियो ।

घरपरिवारसँग लामो समय सम्पर्कविहीन भई, लत्ताकपडा र आधारभूत आवश्यकताको समेत अभाव झेल्दै झापा आन्दोलनदेखि सेन्ट्रल जेल र गोलघरसम्म कठोर सङ्घर्ष गर्नुभएका बस्नेतको पछिल्लो समय साहरा बनेर उँभिनु भएको थियो उहाँका भाञ्जा इन्जिनियर सञ्जिव रोक्का । हो, तिनै अविचलित योद्धा बस्नेत पसुपति आर्यघाटको चीतमा जलेर खरानी बन्दै गर्दा उहाँको मलामी बनेर आएका र एकै ठाउँमा भेला भएका विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुको मुहार र उहाँलाई ओडाएको हँसियाँ–हथौडा अंकित झण्डाले पनि कम्युनिष्टहरु फुटेर होइन जुटेर मात्रै इतिहाँसको रक्षा गर्न सकिन्छ । त्यसैले फुट होइन जुट्ने बाटो रोज्नुहोला भनेको अनुभूति भैरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *