‘जनयुद्ध दिवस’ बिदा सर्वत्र विरोध , शेखर कोइराला भन्छन् सरकारले के सन्देश दिन खोजेको ?

काठमाडौं, १ फागुन । पुष्पकमल दाहाल नेतृत्वको सरकारले माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेसंगै यसको सर्वत्र विरोध भइरहेको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आज सार्वजनिक बिदा दिएकामा आपत्ति जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै उनले संविधानले चिन्दै नचिनेको ‘दिवस’का नाममा बिदा दिइएको भन्दै विरोध गरेका हुन् ।

“एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,” उनले लेखेका छन्,

“आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदै छ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *