शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडाैं, ९ फागुन । शेर्पा समुदायले प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।

शेर्पा समुदायले नयाँ वर्षका रुपमा आज २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्।

ग्याल्पो ल्होसारलाई शेर्पा समुदायले मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।