स्वतन्त्र पार्टीले गर्याे आफ्नो चुनाव चिन्हमा फेरबदल

काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह परिवर्तन गरेकाे छ ।

पार्टीले गरेको निर्णयलाई सदर गर्दै निर्वाचन आयोगले सोमबार स्वतन्त्र पार्टीको चुनाव चिन्हमा सामान्य फेरबदल गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह अब घण्टी मात्रै हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्हमा गोलाकारभित्र घण्टी रहेको थियाे ।