कोसी प्रदेश नामकरणको खुसीयालीमा बिहीबार सार्वजनिक बिदा घोषणा

काठमाडौं, १८ फागुन । प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको हो ।

प्रदेश नम्बर १ले दोस्रो कार्यकालमा हिजो भएको मतदानमा बहुमतले कोसी प्रदेश नामकरण गरिएकाे थियाे । कोसी प्रदेशका लागि पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।