भक्तपुर नगरपालिकाद्वारा २ नं वडामा पाठेघर र स्तन क्यान्सर सिविर सम्पन्न
भक्तपुर, ११ चैत्र । भक्तपुर नगरपालिका वडा नं. २मा स्तन तथा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा जेसिस स्कुल इन्द्रायणीस्थित स्तन तथा पाठेघरको क्यान्सर परीक्षण सम्वन्धि स्वास्थ्य शिविरमा १७४ जनाले स्वास्थ्य परिक्षण गराएकाे वडाका महिला सदस्य मञ्जु लाखाजुले बताइन् ।
भक्तपुर नगरपालिकाद्वारा २०७५ सालबाट घरदैलाे नर्सिङ सेवा सुरू गरेकाे र हाल त्यसैलाइ निरन्तरता दिँदै बिशेषगरी भक्तपुर नगरपालिका भित्रका स्थानीय जनताकाे राेगलाइ न्यूनीकरण गर्नका लागि नगरपालिकाले उक्त सेवा सुरू गरेकाे लाखाजुले बताइन् ।
भक्तपुर नगरपालिकाद्वारा वार्षिकरूपमा दसवटै वडामा नाक, कान, घाँटी, सुगर, प्रेसर, र महिला राेग स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी परीक्षण गरेर स्थानीयलाइ सचेतना गरिरहेकाे छ ।