फ्लोरिडाको तटमा विमान दुर्घटना, चार जनाको मृत्यु

एजेन्सी, २४ चैत्र । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट दुई जना महिला र दुई जना पुरुषको शव निकालिएको प्रहरीले जनाएकाे छ ।

भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।

विमान फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजविन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जनामात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

गत डिसेम्बरमा पनि भेनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।