ढाकाकुमारकाे अडियो प्रकरणका बारे रास्वपाले आज निर्णय लिने

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अडियो प्रकरणका कारण विवादमा रहेका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग भएकाे २ करोड रुपैयाँ मागेको अडियो रेकर्ड गत आइतबार बाहिरिएपछि रास्वपाले आज निर्णय गर्न लागेको हो।

रास्वपाले ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न आज पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने तयारी छ।

आजको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गर्ने तयारी गरेको बताइएको छ।