स्मार्ट टेलिकमको लाइसेन्स खारेज
काठमाडाैं, ४ वैशाख । स्मार्ट टेलिकम प्रालिको लाइन्सेन्स खारेज भएको छ ।
प्रालिले लाइसेन्स नवीकरणका लागि आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेकाे हाे ।
स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि खारेजीमा गएको प्राधिकरणको भनाइ छ ।
स्मार्ट टेलिकमले नवीकरण दस्तुरका बापत २० अर्ब १३ करोड २७ लाखभन्दा बढी प्राधिकरणलाई तिर्नुपर्नेमा हालसम्म ७५ करोडमात्रै तिरेको प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले सबै रकमसहित नवीकरण गर्न बैशाख ३ सम्मको समय दिए पनि स्मार्टले कुनै आवेदन नदिएपछि उसको लाइसेन्स स्वत्तः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।