नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको बयान आज पनि लिइँदै

काठमाडाैं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान मंगलबार पनि लिइँदैछ।

खाणको सोमबार बिहान सरकारी वकिलको रोहबरमा लिइएको बयान नसकिएपछि आजपनि लिन लागेकाे हाे ।

उनी पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको थियाे। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो।

प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिन ढिलाे गरेकाे हाे ।

प्रहरीले खाणलाई पक्राउ गरेसंगै मोबाइल बरामद गरेको थियो। मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका कारण प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो।

फरेन्सिक ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो।