दुहबीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद, चालक फरार

सुनसरी, ३ कात्तिक । सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। एम्बुलेन्स छाडेर फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समार्फत इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच तथा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमार्फत थप अनुसन्धान अघि बढाएको छ। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *