प्रतिनिधिसभाको बैठक : संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडाैं, १२ जेठ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।
आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि संसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ।
त्यसपछि संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुनेछ। संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।