राष्ट्रिय सभा बैठकमा आज बिनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं, २० असार । राष्ट्रियसभाकाे बैठक आज दिउँसाे बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २:३० बजे बस्नेछ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा बिनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।