दक्षिण अफ्रिकामा नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु

एजेन्सी, २१ असार । दक्षिण अफ्रिकामा विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाकाे जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा विषाक्त प्रकारकाे नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरूले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ ।

बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् । अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् ।