संसदको अवरोध खुलाउन सिंहदरबारमा प्रमुख तीन दलबीच छलफल

काठमाडाैं, २४ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानका लागि प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुट्नुभएकाे हाे ।

एमालेले प्रधानमन्त्रीकाे अभिव्यक्तिका कारण राजीनामा दिनुपर्ने अडान राखेका छन् । सत्ता गठबन्धनले भने बैठक बसेर प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार ‘रोड्स टु द भ्याली (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल)’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । त्यस पश्चात नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डकाे राजीनामा माग्दै दुवै सदन अवरूद्ध गर्दै आएका थिए ।