चीनकाे किन्डरगार्टेनमा चक्कु प्रहार गर्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु
एजेन्सी, २५ असार । चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गर्दा तीन बालबालिकासहित ६ जनाको हत्या गरिएको छ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहार भएको हो।
घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका छन् भने एक जना घाइते भएका छन् ।
चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेकाे छ तर उनले किन चक्कु प्रहार गरेकाे हुन कि हाेइनन् भन्ने खुलेकाे छैन ।