छिमेकी मुलुक भारतमा बाढीले कम्तीमा २८ जनाको मृत्यु

एजेन्सी, २५ असार । भारतको नयाँदिल्लीलगाएत उत्तर पश्चिमी राज्यहरूमा बाढी र पहिरोका कारण कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको हाे । ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।

अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छ । भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।

उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार बंगालको खाडीबाट आएको मनसुनी वायु र अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावले उत्तर पश्चिम भारतमा अहिले मुसलधारे वर्षा भएको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *