इजरायल–प्यालेष्टाइन द्वन्द्व, पैतीस जना घाइते

एजेन्सी, ४ साउन । उत्तरी वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।

उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा इजरायली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि १९ वर्षीय बद्दर अल–मसरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते ३५ जना प्यालेस्टिनीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।