गैह्र आवासिय नेपाली संघ चीनले पायो नयाँ नेतृत्व

काठमाडाैं, ८ साउन । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले नयाँ नेतृत्व चयन गरेको छ ।

आईतबार (२३ जुलाई) चीनको गोन्जावमा भएकाे आठौ राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हाे ।

संघको महासचिवमा प्रदिप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् ।

संघको यादव अर्याल र राजकुमार खरेलद्धय उपाध्यक्ष, सूर्यप्रताप राजवंशी र पुन्यवती सुवेदी सचिव, सुरज न्यौपाने कोषध्यक्ष, प्रदिप सिंह सह–कोषध्यक्ष, नविन किशोर दाहाल युवा संयोजक सहित २३ सदस्य नयाँ कार्यसमिति चयन गरेका छन् ।

सदस्यहरुमा रवि रंजन कुशावाहा, सन्तोष भट्टराई, विकास वान्तावा राई, कृष्ण आचार्य, संजय कोईराला, दिपेश प्रसाई, प्रकाश धिमाल, सैलेश ठाकुर, कमल सापकोटा, विजय पराजुली, विकास सिग्देल र जेनिका धोजु निर्विरोध निर्वाचित भएका छन् ।

संघको अध्यक्ष पदमा निर्मल शर्मा चौलागाई र विष्णुप्रसाद दुमरु वीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा शुक्रवार निर्वाचन भएको थियो । निर्वाचन वाट चौलागाईले दुई सय ५ मत सहित निर्वाचित भएका हुन् ।

अध्यक्ष वाहेकका अरु सबै पदमा भने निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त मित्रलाल सापकोटाले जानकारी दिए । संघमा कुल दुई सय ६९ सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *