जिम हाउस भत्किएर चीनमा ११ जनाको मृत्यु
एजेन्सी, ८ साउन । चीनमा जिम हाउस भत्किँदा जिमखानामा गएका ११ जनाको मृत्यु भएको छ ।
चीनकाे उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।
अत्यधिक वर्षापछि अएकाे पानीले छत भत्किँदा १९ जनामा ११ जनाको च्यापिएर मृत्यु भएको थियाे । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए ।
च्यापिएका चार जना घाइते भएको छ भने मृतकमध्ये धेरैजसो बालबालिका रहेकाे बीबीसीले जनाएको छ ।
