अस्कर फिल्म कलेजद्वारा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

काठमाडाैं, ११ साउन । अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ ।

विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको कलेजले आज एक प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो ।

बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ ।

विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई रु एक लाख, दोस्रो र तेस्रो चलचित्रलाई क्रमशःरु ५० हजार र रु २५ हजार प्रदान गरिने छ ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।