कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि दाबी गर्ने आज अन्तिम दिन

विराटनगर, १६ साउन । कोशी प्रदेशमा नयाँ नेतृत्वका लागि दाबी गर्ने आज अन्तिम दिन रहेकाे छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका उद्धव थापा को सरकारलाई सर्वोच्च अदालतले अवैधानिक करार गरेसंगै पदमुक्त भएपछि नयाँ नेतृत्वका लागि पुनः आह्वान भए अनुसारकाे समय आज सकिँदैछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरेसंगै कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।