एमालेले आज पनि संसद् बैठक अवराेध गर्ने
काठमाडौं, १६ साउन । नेकपा एमालेले मंगलबार पनि संसद् बैठक अवराेध गर्ने भएकाे छ ।
एमालेले एक क्विन्टल अवैध सुन तस्कर प्रकरण मा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।
सरकारले आफ्नाे मागलाई वेवास्ता गरेकाे भन्दै एमालेले आज दिउँसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठक पनि अवराेध गर्ने जनाएकाे हाे।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइ संसद् चल्न नदिने बताए।