पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान लाहोरबाट पक्राउ

एजेन्सी, २० साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान लाहोरस्थित उनको निवासबाट पक्राउ परेका छन् ।

खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ भने उनी अदालतको फैसला लगत्तै निवासबाट पक्राउ परेकाे बीबीसीले जनाएको छ ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो । खान तीन वर्षको जेल सजाय पाएपछि ५ वर्षका लागि चुनाव लड्न पनि अयोग्य भएका छन् ।

खानलाई यो सजायविरुद्ध उच्च अदालतमा अपिल गर्ने मौका दिइएको छ। खानका वकिल सर्वोच्च अदालत पुगेका छन्।

इमरान खानलाई सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरेको र सरकारी उपहार किन्न र बेच्न आफ्नो शक्ति प्रयोग गरेको आरोप लागेको थियो। यी उपहारहरू खानले आफ्नो विदेश भ्रमणका क्रममा प्राप्त गरेका थिए र यसको मूल्य १४ करोड पाकिस्तानी रुपीभन्दा बढी थियो।

यसअघि पनि ९ मार्चमा इमरान खानलाई भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतभित्रबाट पक्राउ गरिएको थियो। त्यसपछि पाकिस्तानभर इमरान खानका समर्थकहरूले विरोध गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *