संसदको गतिरोेध हटाउन सभामुखले बोलाए प्रमुख तीन दलकाे बैठक

काठमाडौं, २२ साउन । संसदको गतिरोेध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएकाे छ ।

सभामुख देवराज घिमिरेले प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्नका लागि बैठक बोलाउनु भएकाे हाे ।

सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएको छ ।

साउन १० को प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।