निर्माण व्यवसायीले लगाए सिँचाइ विभागमा ताला

काठमाडौं, २८ साउन । साउन १४ गते देखि निरन्तर आन्दोलनमा हाेमिएका नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएका छन् ।

निर्माण व्यवसायी महासंघकाे तेस्रो चरणको आन्दोलन अन्तर्गत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने कार्यक्रम अनुरूप सिँचाइ विभागमा ताला लगाएका हुन् ।

ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महासंघले सरकारले भुक्तानी नगरेको बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *