गृहमन्त्रीले राजीनामा दिनबाहेक संसद्‍को रोष्ट्रममा उभिन मिल्दैन : अध्यक्ष ओली

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक संसदको रोष्ट्रममा जानु अनौठो भएको बताउनुभएकाे छ ।

आइतबार एमाले पार्टी कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बाेल्नुहुँदै उहाँले सरकारकाे गृहमन्त्री असफल भइसकेको हुनाले रोष्ट्रममा जानु अनौठो भएको बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे ‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ।’ देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको हाे ।