मुम्बईको अस्पतालमा एकै दिन १७ विरामीको मृत्यु, कारणबारे छानबिन

काठमाडौं, २८ साउन । भारतको मुम्बई शहरस्थित छत्रपति शिवाजी महाराज मेमेरियल अस्पतालमा भर्ना गरिएका १७ जना विरामीको एकै दिन मृत्यु भएको घटना सार्वजनिक भएको छ । त्यहाँको थाणेस्थित कल्वा भन्ने ठाउँमा रहेको उक्त अस्पतालमा तीन दिन अघि २४ घन्टा भित्र १७ जना विरामीको मृत्यु भएको थियो ।

गत अगष्ट १० का दिन एकै दिन पाँच विरामीको मृत्यु भएपछि घटना सार्वजनिक भएको हो । एकै दिन पाँच विरामीको मृत्यु भएको घटना सार्वजनिक हुने बित्तिकै बुझ्दा उक्त अस्पतालमा त्यही बेला २४ घन्टा भित्र १७ जना विरामीको मृत्यु भएको घटना पनि सामुन्ने आएको थियो ।

घटना सार्वजनिक भएपछि नगरको स्वास्थ्य क्षेत्र मात्र होइन राजनीति पनि तातेको छ । मृत्यु भएका सबै विरामी आईसीयूमा भर्ना गरिएका थिए । मृत्यु हुनेको संख्याबारे अझै शंका रहेको बताइएको छ । मृत्यु भएका अधिकांश विरामी वृद्ध उमेरका थिए भने उनीहरूलाई सिकिस्त अवस्थामा अस्पताल ल्याइएको पनि बताइएको छ ।

उक्त ठाउँमा रहेको एउटै मात्र अस्पताल भएको कारणले यहाँ छिमेकी जिल्लाबाट समेत विरामी ल्याउने गरिन्छ ।

घटना सार्वजनिक हुने बित्तिकै अहिले प्रहरीले यसबार अनुसन्धान शुरु गरेको छ । महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री तेनाजी सावन्तले घटनाका बारे पूर्ण जानकारी दिन अस्पताललाई अ¥हाइसकेको छ । मृत्युको कारण के हो भन्ने विषयमा विभिन्न अनुमान अडकलहरू गर्न थालिएको छ ।

यसमा कोही दोषी ठहरिए कानुनी कारवाही गर्ने पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *